४० प्रतिशत खाना कम खानुस् २० वर्ष आयु बढाउनुस् हामीले खाने खानलाई ४० प्रतिशतले घटायौ भने हाम्रो आयु २० वर्षसम्म बढ्न सक्ने अनुसन्धानकर्ताले बताएका छन् । युनिभरसिटी कलेज लण्डनको इन्स्चिट्युट अफ हेल्थ एजिङ अनुसन्धान कन्द्रले गरेको खोजले यस्तो निष्कर्ष निकालेको हो । यसमा आवद्ध भएका अनुसन्धानकर्ताहरुले कसरी जीवन शैली र वंशाणुगत गुणका कारण मानिसको जीवनको आयुलाई परिवर्तन गर्छ भन्ने खोज गरेका थिए । उनीहरुले गरेको उक्त अनुसन्धानबाट मानिसको जीवनको आयु दशकौ सम्म पनि बढ्न सक्ने पत्ता लगाएका थिए । बृद्धपन बढ्दै जाँदा लाग्ने रोगहरू कार्डियोभास्कुलर सम्बन्धी रोग, क्यान्ससर, तथा न्युरोडिजेनेरेशनजस्ता रोगहरूलाई कसरी कम गर्न सकिन्छ भन्ने अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरुले खानाका कारण पनि मानिसको आयु घट्ने या बढ्ने हुन्छ भन्ने निष्कर्ष निकालेका थिए । अनुसन्धानकर्ताहरुले मुसामा गरेको यो प्रयोगबाट मुसाहरुको बाच्ने अवधीमा २० देखी ३० प्रतिशतसम्म मुसाको आयु बढाएकाले मानिसमा उस्तै अससर गर्ने अनुसन्धानकर्ताहरूको भनाई छ । अनुसन्धानका प्रमुख डा. पिपरले भने, 'यदी मुसाको खानालाई ४० प्रतिशतले घटाउने हो भने मुसा आफ्नो सामान्य आयूभन्दा करिब २० देखि ३० प्रतिशत बढि समय बाच्न सक्छ । त्यसैले मानिसको जीवन पनि करिब २० वर्ष बढी हुन सक्छ । ' तर उनले यो अनुसन्धान मात्र दशक अगाडिदेखी सुरू भएकाले यो अहिलेका लागी सिदान्तमा मात्र आधारित हुने बताएका छन् ।
रोचक जानकारी सबैले एक चोटी अनिबार्य पढौ //


0 comments
Write Down Your Responses