काठमाडौंमा आजभोलि जताततै रेष्टुँरा खुलेका छन् । कतिले ग्राहकलाई गजबले आर्कषिर्त गर्न सकेका छन भने धेरैलाई ग्राहक कुर्दैमा हैरानी छ । तर, अमेरिकामा एक यस्तो रेष्टुराँ छ, जहाँ ५ वर्ष कुरेपछि मात्र खाना खाने पालो पाइन्छ । डेमोल बहरेलको यो रेष्टुराँमा मात्र १२ बटा टेबल छन् । बेटमेन्ट विस्ट्रो नामले चिनिने यो होटलका डोरमेनदेखि चेयरमेनसम्म उनी आफै हुन् । जस्तो उनी आफै कुक, वेटर, गार्डनर लगायतका काम गर्छन् । यो कामका लागि उनले कुनै तालिम लिएका छैनन् । उनी हरेक रात १८ जना ग्राहकलाई १५ प्रकारको भोजन पकाएर खुवाउँछन् । आल्टनमा रहेको उनको रेष्टुँरामा खान मानिसहरु ३ घण्टाको यात्रा गरेर पुग्छन् र धक नमानी २५५ डलर तिर्छन्
कोही कोही त रातभरको प्लेन यात्रा गरेर आएको बताउँछन् । उनको यो रेष्टुँरामा आउन चाहनेहरुको सूचीमा जेरी सेफेल्डसहितका सेलिब्रेटी पनि छन् । उनले उपलब्ध गराएको २०११ को गेष्ट लिष्टमा ओबामाको नाम समेत छ, तर, उनी अमेरिकी राष्ट्रपति नै हुन भन्ने यकिन छैन । ५१ बर्षीया बहरेलले पाकशिक्षासम्बन्धी कुनै औपचारिक शिक्षा वा तालिम लिएका छैनन् । ‘यी सवै मैले आमाबाट सिकेको हो’ उनी भन्छन् । उनी एक्लैले यो रेष्टुँरा चलाउँदै आएका छन् । नत उनीकहाँ वेटर छन, न बिजनेस म्यानेजर न त कुनै अफर नै । यो रेष्टुँराको टेवल बुक गर्नका लागि बहरेललाई इमेल गर्नुको बिकल्प छैन् । ‘सन् २०१८ पछिका लागि कुनै बुकिङ लिन्न’ बहरेलले कारण खुलाउँदै भने- त्यसपछि म रिटायर्ड
बिश्वकै एक्सक्लुसिभ रेष्टुँरा, जहाँ भोजन गर्न ५ बर्ष कुर्नुपर्छ,


0 comments
Write Down Your Responses