issले दियो भारतिय प्रधानमन्त्री मोदिलाई मार्ने धम्की ।
इस्लामिक विद्रोही संगठन आइएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर परिकारलाई मार्ने धम्की दिएको छ।
पत्रमा प्रधानमन्त्री मोदी र रक्षामन्त्री परिकारलाई मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्। पत्रको अन्त्यमा आइएसको छाप रहेको गोवा प्रहरीले जनाएको छ।
गतसाता गोवा राज्यको सचिवालयमा प्राप्त भएको पत्रमाथि छानबिन गर्ने जिम्मा प्रतिआतङ्कवादी एकाइको जिम्मा लगाइएको छ।
पत्रमा भारतमा गोवध निषेध गरिएकोमा आक्रोश व्यक्त गरिएको जनाइएको छ।
गाईको मासु खान निषेध गरिएको भन्दै त्यसको जवाफ दिने पत्रमा उल्लेख भएको गोवा प्रहरीले जनाएको छ।


0 comments
Write Down Your Responses