सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी
१८ पुस, काठमाडौं ।
युवा संघले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी गर्दै उनको नागरिकता छानविन गर्न माग गरेको छ । महतोको नागरिकता छानविन गर्न माग गर्दै युवासँघले आज गृहमन्त्रीलाई भेटी ज्ञापन पत्र बुझाएको छ ।युवा संघले गृहमन्त्री शक्ति बस्नेतसमक्ष राजेन्द्र महतोको नागरिकता छानविनका लागि चार पृष्ठलामो ज्ञापन पत्र बुझाएको जनाएको छ । ज्ञापन पत्रमा राजेन्द्र महतोले झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी गर्दै उनको नागरिकता रद्ध गरी कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।युवा संघले महतो विदेशी नागरिक भएको र उनको झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी गर्दै उनको नागरिकता उपर तत्कालछानविन गर्न माग गरेको छ



0 comments
Write Down Your Responses