भनिन्छ कुनै कामको सुरूवात गर्नुअघि दही खानाले उक्त काममा सफलता प्राप्त हुन्छ । साथै दहीलाई स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ ।यसमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ ।पाचन सम्बन्धी समस्याका लागी दही निकै राम्रो मानिन्छ ।दहीले पाचन प्रक्रियालाई सहज बनाउँछ र भोक पनि राम्रोसँग लाग्छ । दूधबाट बनेको दहीको प्रयोग खानामा हजारौ वर्षदेखी भइरहेको छ । यसमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । दाँततथा हाडलाई मजबुत बनाउने क्याल्सियम पनि दुध भन्दा दहीमा १८ गुणा बढि पाइन्छ ।दहीका केही फाइदाहरू… पाचन शक्तिमा बृद्धीः पाचन शक्ति बढाउनका लागि गर्मीमा दहीको नियमित सेवन गर्नु शरिरका लागि निकै फाइदा जनक हुन्छ । दहीले रगतको कमी र कमजोरीलाई पनि कम गर्ने गर्छ । दूधले जब दहीको रूप लिन्छ, तब दहीमा अम्लिय पदार्थको निर्माण हुन्छ, यसले पाचन प्रक्रियामा मद्धत गर्छ । जुन मानिसहरूलाई भोक कम लाग्छ ती मानिसहरूलाई दही खुवाउने गरे भोक प्रशस्त मात्रामा लाग्ने गर्छ ।पेटको गर्मीमा कमीः गर्मीको समयमा दहीको लस्सी बनाएर पिउनाले पेटको गर्मी शान्त हुन्छ ।दही पिएर घरबाट निस्किँदा लूको खतरामा पनि कमी आउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ । यस्तो अवस्थामा दही चामलमा मिसाएर खानाले फाइदा गर्छ ।मुटुको समस्यामा फाइदाः दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता बिमारीको सम्भावनालाई कम गर्ने क्षमता हुन्छ । यसले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ र मुटुको धड्कनलाई सही अवस्थामा राख्न मद्धत गर्छ ।बलियो हाडः दहीमा पाइने क्याल्सियमका कारण दहीको प्रयोगले हाड तथा दाँतलाई मजबुत बनाउन सहयोग गर्छ । शरिरको हाड बलियो भएपछि यसले मांशपेशीलाई बलियो गरी बाँधेर राख्छ, जसले शरिरलाई थप मजबुत बनाउँछ ।जोर्नीको दुखाईमा कमीः जोर्नीको दुखाईलाई कम गर्नका लागि दहीको प्रयोग निकै फाइदाजनक हुन्छ ।तौल बढाउनः पातलो व्यक्तिहरूले यदी दहीमा किशमिश, बदाम, दोकडा मिसाएर खाने गरे तौल बढ्छ ।सौन्दर्यः दही शरिरमा लगाएर नुहाउनाले छाला कोमल र राम्रो हुन्छ । दहीमा कागतीको रस मिसाएर अनुहारमा, घाँटी, हातमा लगाउनाले शरिरको छाला निकै स्वस्थ र मुलायम हुन्छ । दहीको लस्सीमा मह मिसाएर पिउनाले पनि सौन्दर्यतामा निखार आउँछ ।कपालको सुन्दरताः कपाललाई सुन्दर र आकर्षक बनाई राख्नका लागि दहीले कपाल धुने गरे फाइदा गर्छ । यसको लागी नुहाउनुभन्दा अगाडि कपालमा दहीले राम्रोसँग मालिस गर्नुपर्छ । केही समयपछि कपाल नुहाउनाले कपालको रूखोपन कम हुन्छ ।रोग प्रतिरोधक क्षमता बढाउनः दहीले रोग प्रतिरोधात्मक क्षमतामा बृद्धी गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । दाँतसँग सम्बन्धीत रोगहरूलाई पनि यसले फाइदा गर्छ ।पसिनाः गर्मीमा पसिना निकै आउने गर्छ । यस्तोमा दही र बेसनको मिश्रणले मालिस गरेर केहीबेर पछि नुहाउनाले पसिनाको दुर्गन्ध हराउँछ ।अनिन्द्राः रातमा निन्द्रा नलाग्ने समस्याबाट जोगिनका लागि पनि दहीको प्रयोग


0 comments
Write Down Your Responses